ट्रान्समिसन लाइन निर्माण गर्न बजेट विनियोजन
hamrakura.com · Tue May 30 00:00:00 GMT 2023
काठमाडौं । सरकारले सिमेन्ट, फलाम र तारे होटेल जस्ता ठूला उद्योगसम्म पुग्ने पहुँच मार्ग र ट्रान्समिसन लाइन निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिई रु ४६ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्को दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न मेसिनरी प्रतिस्थापन, प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताए । सरकारले परम्परागत सीपको अभिलेखीकरण गर्नाका साथै पुस्तान्तरण गर्न तालिम पनि सञ्चालन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)