इयु प्रतिबन्धबारे चीनको चेतावनी
nepalnews.com · Wed Jun 10 15:53:09 GMT 2026

काठमाडाैँ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली सङ्घ (इयु) लाई चीनले कडा चेतावनी दिएको छ। बेइजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने जनाएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता इयुले मस्कोविरुद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ। अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रुसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)