नागरिक नजरमा योग्य उम्मेदवार
gorkhapatraonline.com · Mon Oct 03 00:55:19 GMT 2022
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० गरी २७५ सिटमा र प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम ३३० र समानुपातिक निर्वाचन प्रणालीबमोजिम २२० गरी ५५० सिटमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी ८२५ जनप्रतिनिधिलाई एक करोड ७९ लाख ८८ हजार ५७० बालिग मतदाताले निर्वाचित गरी पठाउने छन् ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७८ वटा निर्वाचन चिह्न लिने गरी ८६ वटा दल दर्ता भएका छन् भने समानुपातिक निर्वाचनतर्फ भाग लिन ६८ वटा निर्वाचन चिह्न लिने गरी ७६ वटा दल दर्ता भएको अवस्था छ । त्यसैगरी प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने दलको सङ्ख्या ४८ रहेको छ । साथै दलले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको विवरण यही असोज २२ गते सार्वजनिक हुँदै छ भने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवारको मनोनयन दर्ता असोज २३ गते भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २६ गते हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)