५० द्रष्टा सम्मानित, ५० अगुवा घोषित
annapurnapost.com · Tue May 24 00:40:00 GMT 2022
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण एक्सप्रेसले देशका ५० द्रष्टा (भिजिनरी) लाई विशेष सम्मान गरेको छ। सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा नेटवर्कले विभिन्न क्षेत्रका ५० अगुवा (पायोनियर) को घोषणासमेत गर्यो। त्यस क्रममा ५० द्रष्टाका नेपालप्रतिका दृष्टिकोण समेटिएको पुस्तक ‘माई भिजन फर नेपाल’ सार्वजनिक पनि गरिएको छ। अंग्रेजी साप्ताहिक अन्नपूर्ण एक्सप्रेसका हरेक अंकमा ती सामग्री एक वर्षसम्म प्रकाशन भएका थिए।
‘नेपाल खत्तम छ। यहाँ के बस्नु ?’ यस्तो किसिमको सोचले ग्रस्त भएको अवस्थामा अन्नपूर्ण मिडिया नेटवर्कले विविध क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूलाई खोजेर सम्मान गर्नु प्रशंसनीय कार्य रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कार्यक्रममा बताए। असल नेतृत्वको खोजी गर्ने कामको थालनी भएको उनले उल्लेख गरे। ‘हामी केही होइन। अनर्थ छौं। व्यर्थ छौं भन्ने लाग्छ। यस्तो सामाजिक मनोविज्ञानले घर गरिरहेको परिस्थितिमा यहाँहरूले सिर्जनात्मक र व्यवस्थापक कौसल भर्ने काम गर्नुभएको छ,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले थपे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)