मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

ratopati.com · Sun Jan 04 19:12:02 GMT 2026

खोटाङ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको प्रमाणित गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको पुष्टि भएको हो । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)