फिनिक्स र केयु विजयी
ekantipur.com · Tue Sep 26 00:23:08 GMT 2023
काठमाडौँ — फिनिक्स कलेज अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालय (केयू) ले एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगितामा सोमबार विजय हात पारेका छन् । फिनिक्सले शिक्षान्तरलाई ३१ रन र केयूले सेन्ट जेभियर्स कलेजलाई डकवर्थ लुइस पद्धतिमा २५ रनले पराजित गरे ।
तल्लो मूलपानी क्रिकेट मैदानमा राजकुमार शाहले ४७ बलमा ५९, विराटसिंह भण्डारीले १२ र लक्की कठायतले ११ रन बनाएपछि फिनिक्सले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई १ सय १४ रन बनायो । शिक्षान्तरका प्रेम शाही, सुमित बुढाथोकी र डेकेन्द्र शाहले १–१ विकेट लिए । जवाफमा शिक्षान्तरले ९ विकेट गुमाई ८३ रनमात्र बनाउन सक्यो । मिलन क्षेत्रीले १२ बलमा २६, सोलुप चौधरीले २० र सुमितले १६ रन बनाए । फिनिक्सका क्रिस ऐरले ३, सुजित श्रेष्ठले २ र रवीन्द्र भुसालले १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)