माओवादीले तस्बिर दुरुपयोग गरेपछि प्रचण्डलाई फोन गरेर हटाउनू भने : कुलमान घिसिङ
annapurnapost.com · Thu Apr 14 00:28:00 GMT 2022
काठमाडौं : माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा कुलमान घिसिङलाई प्रयोग गरेको छ। घिसिङ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुन्। उनकै अघिल्लो कार्यकालमा देश लोडसेडिङमुक्त भएको थियो। आफ्नो जनाधार गुम्दै गएपछि गठबन्धनको भर परेको माओवादीले भोट बटुल्न बुधबार घिसिङलाई अघि सार्न खोजेको हो। तर, चर्को आलोचनापछि उक्त पार्टी केहीबेरमै पछि हटेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहानै आफ्नो फेसबुकमा घिसिङको तस्बिरसहितको प्रचार सामग्री सार्वजनिक गरेका थिए। जसमा अध्यक्ष दाहाल, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर राखिएको थियो। त्यहाँ लेखिएको थियो, ‘अँध्यारोबाट उज्यालोको यात्रा।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)