‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुन्डाई नेपालको अर्थपूर्ण पहल
kendrabindu.com · Tue Jul 14 14:09:44 GMT 2026
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले एजी१० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलले हुन्डाई नेपालको ग्रासरुट (तल्लो तह) फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभाहरूलाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि को एकदिने प्रतियोगितामा आठ टोलीका ८० जना युवा खेलाडीहरू सहभागी भएका थिए। फिफा विश्वकप २०२६ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको हो। फिफा विश्वकप २०२६ को ‘अफिसियल पार्टनर’ का रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन “नेक्स्ट स्टार्ट्स नाउ” अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)