चार महिनामा गण्डकीको बजेट खर्च ११ प्रतिशतमात्रै
ratopati.com · Sat Nov 25 06:03:00 GMT 2023
पोखरा । गण्डकी प्रदेशले चालु आर्थिक वर्ष (२०८०÷०८१) को पहिलो चार महिनामा जम्मा ११ प्रतिशत बजेट खर्च गरेको छ । साउनदेखि कात्तिकसम्म ११.०३ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालुतर्फ १४.१८ प्रतिशत र पुँजीगततर्फ ९.३१ प्रतिशत बजेट खर्च भएको हो । ३३ अर्ब ४२ करोडको बजेट ल्याएको सरकारले हालसम्म ३ अर्ब ६८ करोडमात्रै खर्च गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)