‘बिना सूचना’ कर्मचारी बर्खास्त गर्ने कम्पनीलाई झड्का, २६ हजार डलर क्षतिपूर्ति तिर्न आदेश
nagariknews.nagariknetwork.com · Tue Jul 14 14:22:31 GMT 2026

सिंगापुरमा ६३ वर्ष उमेर पुगेका एक कर्मचारीलाई कानुनविपरीत जागिरबाट हटाउने कम्पनीले ठूलो रकम क्षतिपूर्तिस्वरूप तिर्नुपर्ने भएको छ।
रोजगार दावी न्यायाधिकरणले कर्मचारीको पक्षमा फैसला सुनाउँदै कम्पनीलाई २६ हजार ३५० सिंगापुर डलर तिर्न आदेश दिएको हो। ६३ वर्ष उमेर पुगेको केही समयपछि कम्पनीले ती कर्मचारीलाई कुनै पूर्वसूचना र तलब सुविधा नदिएर जागिरबाट हटायो। कम्पनीले ती व्यक्ति अवकाश उमेरमा पुगेकाले बर्खास्त गर्नु कानुनी भएको दाबी गरेको थियो। साथै, कम्पनीले उनलाई पुनः रोजगारीको प्रस्ताव गरेको तर उनले अस्वीकार गरेकाले कुनै पनि थप रकम दिनुनपर्ने जिकिर गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)