मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनभावना विपरीत काम गर्नेलाई एकीकृत समाजवादीमा ठाउँ छैन : अध्यक्ष नेपाल

nepallive.com · Sun Jan 02 00:33:00 GMT 2022

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशको सेवामा नलाग्नेलाई पार्टीमा ठाउँ नरहेको बताएका छन्। एकीकृत समाजवादी पार्टी जनता र देशको सेवा गर्ने पार्टी भएकाले सेवा नगर्ने व्यक्ति पार्टीमा अट्न नसक्ने उनले बताए।

नेपाल पार्टीको जिल्ला कमिटी लमजुङद्वारा शनिबार बेंसीसहरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले लुटेरा, फटाहालाई पार्टीमा बस्ने अधिकार नभएको उल्लेख गरे। समाजवादी पार्टी लुकेर, चुसेर, भ्रष्टचार गरेर खानेको पार्टी नभई दुःख गरेर, इमानदारीमा विश्वास गरेर काम गर्नेको भएको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)