टिपर दुर्घटनामा एक जनाको मृत्यु
ratopati.com · Wed Jun 10 16:06:24 GMT 2026

स्याङ्जा । स्याङ्जाको चापाकोट–४ पुम्दीमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
साँझ ६ः०० बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते हुनुभएको छ । उहाँको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)