मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसका सैन्य केन्द्रमा युक्रेनी हमला

ratopati.com · Wed Jun 10 16:05:10 GMT 2026

किएभ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ । युक्रेनी नेतृत्वले यी कारबाहीलाई युद्धको मूल्य रुसका लागि अझ महँगो बनाउने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसभित्र रहेका सैन्य उद्योग र ऊर्जा संरचनामाथि आक्रमण गरेको छ । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एफपी–५ फ्लेमिङ्गो लामो दूरीको क्षेप्यास्त्रले अग्रपङ्क्तिबाट करिब ९०० किलोमिटर टाढा चुभासिया क्षेत्रको चेबोक्सरीस्थित एक सैन्य कारखानालाई निशाना बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)