सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
ratopati.com · Tue Jul 14 14:48:33 GMT 2026

काठमाडौँ। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रको 'हाई कम्प्युट इन्फ्रास्ट्रक्चर' खरिदमा भएको भ्रष्टाचार मुद्दामा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनालाई दोषी ठहर गरेको छ । अदालतले उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो।
मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो। तत्कालीन कार्यकारी निर्देशक पौडेललाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना । साथै, कार्यालय प्रमुख भएकाले दफा २४ बमोजिम थप ३ महिना गरी कुल ६ महिना कैद सजाय सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)