मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘राहदानी सेवा प्रवाह सहज बनाऔँ’

gorkhapatraonline.com · Thu Dec 29 01:16:05 GMT 2022

काठमाडौँ, पुस १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको थियो ।

सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिनुभएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिनुभयो । राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)