दुर्गम र पहाडी भेगलाई लक्षित पूर्वाधारमन्त्रीका योजनाले प्रभावित छु : सांसद राना
barnanmedia.com · Tue Jul 14 15:07:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छिन् ।
पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताइन् ।अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोला लगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना आज बिहानै ८ बजे मन्त्री लम्साललाई भेट्न मन्त्रालय पुगेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)