नगरपालिकाको गाडी चोरी गर्ने पक्राउ
baahrakhari.com · Wed Jun 10 16:08:43 GMT 2026

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४, ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार छन् ।
परियारले गोदावरी–१२, दुरीखेलमा पार्किङ गरी राखिएको बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी गरेका थिए । गत जेठ २० मा पार्किङस्थलबाटै गाडी गायब भएपछि नगरपालिकाले घटना अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)