मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीकी किशोरी नौ दिनदेखि बेपत्ता

nayapatrikadaily.com · Thu Sep 29 00:21:00 GMT 2022

बैतडीको पाटन नगरपालिका– १ घर भई धनगढीमा परिवारसहित डेरा गरी बस्ने १९ वर्षीया प्रकृति चन्द बेपत्ता भएको नौ दिन बित्दा पनि प्रहरीले खोजबिनमा तदारुकता देखाएको छैन । खोजीको आग्रह गर्दै आएका परिवारका सदस्यलाई प्रहरीले उल्टै ‘छोरी पनि सम्हालेर राख्न नसक्ने’ भन्दै अपमानित गरेको छ ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययरत प्रकृति विशालनगरस्थित डेराबाट ४ असोजको बिहान कम्प्युटर कक्षा लिन भनेर निस्केकी थिइन् । त्यसयता उनी सम्पर्कविहीन छिन् । उनको मोबाइल अन्तिमपटक कञ्चनपुरको गड्डाचौकीसम्म ‘एक्टिभ’ रहेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)