मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

reportersnepal.com · Wed Jun 29 00:07:17 GMT 2022

काठमाडौं, असार १५। एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् ।

अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)