कञ्चनजंघा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने
nepalsamaya.com · Wed Apr 12 16:31:00 GMT 2023
फुङ्लिङ- कञ्चनजंघा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ। कञ्चनजंघा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ।
कञ्चनजंघा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजंघा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)