मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन श्रमिकका समस्या : न बिमा न सुरक्षा

barnanmedia.com · Thu May 01 22:06:19 GMT 2025

काठमाडौँ, १९ वैशाख : नेपालको वन क्षेत्रमा काम गर्ने अनौपचारिक श्रमिकहरूको बिमाको सुनिश्चिताका लागि वर्षौँदेखि माग गरिए पनि सुनुवाइ भने हुनसकेको छैन । वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बिमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो ।

वन श्रमिकले जङ्गलका रूख काट्ने, काठ बोक्ने, उकालो–ओरालो जङ्गलमा हिँड्ने, चिप्लो बाटोमा काम गर्ने र जङ्गली जनावरका आक्रमणको सामना गर्नुपर्ने, ढडेलोजस्ता विपद्मा काम गर्नुपर्नेलगायत जोखिम सामना गर्नुपर्दा उनीहरूको जीवन र स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न बिमा अपरिहार्य रहेको सरोकारवालाको माग छ । वन अधिकारकर्मीले पनि बिमाले दुर्घटना, अपाङ्गता वा मृत्युको अवस्थामा श्रमिक र उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने र यसले आकस्मिक घटनाको सामना गर्न सहयोग पुर्याउने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)