मोदी सरकारका मन्त्रीको राजीनामा माग्दै अनशनरत सोनमको स्वास्थ्य बिग्रियो : अनशन त्याग्न आग्रह
nagariknews.nagariknetwork.com · Tue Jul 14 15:57:00 GMT 2026

भारतमा हुने परीक्षाको प्रश्नपत्र चुहावटको विषयलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका सामाजिक कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। अनशनको १७ औँ दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य थप बिग्रिँदै गएको छ।
सोनम वाङचुकले ‘युवा ककरोच जनता पार्टी (सीजेपी)’ का संस्थापकसँग मिलेर मध्य दिल्लीमा धर्ना दिइरहेका छन्। सीजेपी भारतका युवाहरूद्वारा सञ्चालित एक अनलाइन अभियान हो, जसले विशेष गरी बेरोजगार र निराश युवाहरूको आवाज उठाउँदै देशको लोकतान्त्रिक मुद्दामा सक्रिय भूमिका खेल्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)