एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ
lokaantar.com

कर्जा रकम दुरुपयोगसम्बन्धी कसुरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ५८ वर्षीय शर्मालाई आज काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो ।
निजले उक्त रिसोर्ट निर्माण र जग्गा खरिदका लागि बैंकबाट रु ४८ करोड कर्जा लिएकामा उक्त कम्पनीले आफ्नै समूहको अन्य ऋणी कम्पनीको बक्यौता तिरी कर्जा रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)