अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित
annapurnapost.com · Mon Oct 16 17:07:39 GMT 2023
काठमाडौं : आइसीसी एक दिवसी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पहिलो जित हात परेको छ। भारतको लखनउमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो। अष्ट्रेलियाका लागि माइकल मार्स र जोश इग्लिसले अर्धशतक प्रहार गरे। माइकलले ५२ रन बनाउँदा जोशले ५८ रन बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)