राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
barnanmedia.com · Tue Jul 14 16:21:57 GMT 2026

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सेक्युरिटी एप्लिकेसन र नेटवर्किङ उपकरण खरिद प्रक्रियामा २ लाख ८० हजार अमेरिकी डलर (करिब ३ करोड ८ लाख ५० हजार रुपैयाँ) घुस लिएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो । मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले फैसला सुनाएको हो ।
पौडेलले सार्वजनिक संस्थाको जिम्मेवार पदमा रहेर पदीय मर्यादा विपरीत गैरकानुनी लाभ लिनका लागि २ लाख ८० हजार अमेरिकी डलर रिसवत लिन मञ्जुर गरेको पुष्टि भएको ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)