रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु
ekantipur.com · Sat Sep 16 00:48:20 GMT 2023
रौतहट — रौतहटको कटहरिया नगरपालिका– ५ मा शुक्रबार राति छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । कटहरियाका २५ वर्षीय सनीलराय यादवको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कटहरियास्थित खानेपानी कार्यालय छेउमा यादवका दाजुभाइ र अर्को पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो । झडपका क्रममा यादवको देब्रे कोखामा छुरा प्रहार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)