विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ४१ वटा संस्थाहरु कारबाहीमा
ekantipur.com · Thu Jan 25 16:40:42 GMT 2024
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका ४१ वटा स्वास्थ्य संस्थाहरुलाई कारबाही गरेको छ । यी संस्थाहरुले मलेसिया र साउदीबाहेक देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
श्रम मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षण गर्न अपनाउनुपर्ने मापदण्ड पूरा नगरेको अनुगमनमा भेटिएको भन्दै ती संस्थाहरुलाई कारबाही गरेको हो । श्रमले ती स्वास्थ्य संस्थाहरुको कारोबारलाई अर्को व्यवस्था नभएसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (डोफे अनलाइन)बाट हटाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । अब ती स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षण गरे पनि विभागले बैधता दिने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)