युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि भिल्लारियललाई
Ujyaaloonline.com · Thu May 27 00:12:29 GMT 2021
काठमाण्डाै - युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।
खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)