मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन किन अस्थिरताको पैरवी गर्दै छन् फेरि ?

barnanmedia.com · Thu May 01 23:20:02 GMT 2025

केही समय अघिसम्म सरकारलाई काँध थापेर हिँडेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले भने एकाएक सरकारविरुद्ध नै खनिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका सत्तापक्षीय बैठकमा जान छाडेका छन् । उनी सम्मिलित उच्चस्तरीय संयन्त्र औचित्यहीन बन्दै गएको छ ।

सरकारलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले बनाएको उच्चस्तरीय संयन्त्रमा थापा कांग्रेसबाट सदस्य थिए । संयन्त्रभित्रको एउटा कार्यदलमा थापा र एमालेबाट महासचिव शंकर पोखरेल थिए । ओली सरकारले ल्याएका पाँचवटा अध्यादेशमा उनको सक्रियता बढ्तै थियो । उनी आफू मात्र नभएर निकस्थ अरु कानुन व्यवसायी तथा कन्सल्ट्यान्टहरुलाई पनि त्यसबेलाका काममा सामेल गराएका थिए । यस्तै चीनसँग गरिएको बीआरआई फ्रेमवर्क सम्झौताको दस्तावेजीकरणमा पनि उनको सक्रियता हेर्नलायक थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)