बर्दिबास नगरपालिका ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
barnanmedia.com · Thu May 01 23:24:19 GMT 2025

जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्। बर्दिबास-५ का ६८ र बर्दिबास-२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)