प्रकाश दाहाल स्मृति बक्सिङमा आर्मी च्याम्पियन
ratopati.com · Wed Jul 05 22:21:00 GMT 2023
काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मी पुरुषरमहिला दुवैमा च्याम्पियन बनेको हो । नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वण र पाँच रजत र एक कांस्यसहित टिम च्याम्पियन बन्यो ।
महिलामा पनि च्याम्पियन बनेको आर्मीले तीन स्वणर्, एक रजत र चार कांस्य हात पार्यो । पुरुषमा बक्समान्डुका सिंवीर लिम्बु र महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको जानकारी इन्टरनेसनल टेक्निकल अफिसियल (आईटीओ) पुस्कारराज पन्तले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)