सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
baahrakhari.com · Wed Jun 10 16:21:53 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको जनाइएको छ । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
साल्ट ट्रेडिङ कर्पोरेशन