विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
ratopati.com · Tue Jul 14 17:45:00 GMT 2026
रोचक कुरा त अहिलेसम्म कुनै पनि देशले विदेशी प्रशिक्षकको नेतृत्वमा विश्वकप जितेको छैन । सबै विजेता टोलीहरू आफ्नै देशका प्रशिक्षकद्वारा निर्देशित भएका छन् । यो तथ्य ९२ वर्षदेखि निरन्तर कायम छ । जर्मन प्रशिक्षक टुचेलले इंग्ल्यान्डलाई के गराउलान् ?
त्यसैगरी अहिलेसम्म २२ विश्वकपहरूमा २१ फरक प्रशिक्षकहरूले उपाधि जितेका छन् । केवल भिटोरियो पोज्जो (इटाली)ले मात्र दुई पटक लगातार सन् १९३४ र १९३८ को विश्वकप जिताएका थिए । पहिलो इटालीमा र दोस्रो फ्रान्समा । त्यसो त यस विश्वकपमा फ्रान्सका प्रशिक्षक डिडिएर डेस्चाम्प्स र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले एक एक पल्ट विश्वकप जितिसकेका छन् । उनीहरू दुवै पोज्जोको कीर्तिमान पछ्याउँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)