‘मानवमा आत्मिक जागरण अपरिहार्य’
deshsanchar.com · Wed Feb 26 17:15:42 GMT 2025

गण्डकी – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताएका छन्। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उनले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताए।
विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उनले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)