को हो लेखक ?
rajdhanidaily.com · Tue Jul 05 23:37:21 GMT 2022
एउटा सानो रचना पूरा भयो, मानौं एउटा सन्तान पैदा भयो । प्रकाशित भयो, पाठक रम्यो, लेखक पनि रमायो । कसैले मन पराएन, सुन्दर मानेन या वास्तै गरेन भने पनि आप्mनो रचना आफूलाई प्यारो लाग्छ । अरूले असुन्दर या विकलांग भनेर तिरस्कार गरेको सन्तानको झनै माया लागेझैं । एउटा भडास थियो, मनमा जो अक्षरमा पोखियो । भित्र कलुष थियो, जुन पखालियो, मनै हलुंगो भयो । हृदयको कचरा सफा भयो, मुक्तिको अनुभव भयो । मनमा असीम प्रसन्नता या दर्द थियो, जो बाँडियो । एउटा कसैले नअह्राएको काम सम्पन्न गरेजस्तो । एउटा अनियोजित योजनाको लक्ष्य हासिल गरेजस्तो । अनि एउटा अनिमन्त्रित पाहुना साँझपख टुप्लुक्क प्रकट भएजस्तो ।
लेखन कर्म लेखक र पाठकबीचको संग्राम रहेछ । पाठकले पूरै पढ्यो भने लेखक विजयी भयो । पाठकमा पढ्ने भोक जागेन, जिज्ञासा लागेन र तरंगित या मर्माहत भएन भने लेखकको पराजय भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)