मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११

ratopati.com · Tue Jul 14 18:14:11 GMT 2026

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार उपाधिका दुई मुख्य दाबेदार टोलीहरू फ्रान्स र स्पेनबिच डलासको एटी एन्ड टी स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलका शीर्ष वरीयताका यी दुई महारथीबिचको खेललाई यस विश्वकप कै सबैभन्दा रोमाञ्चक र बहुप्रतीक्षित भिडन्तका रूपमा हेरिएको छ । नेपाली समयअनुसार बुधबार बिहान १२ः४५ बजे सुरु हुने यस खेलका लागि दुवै टोलीले आ–आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेका छन् ।

यस प्रतियोगितामा स्पेनले हालसम्म केवल एक गोल मात्र व्यहोरेर आफ्नो बलियो रक्षापंक्तिको परिचय दिएको छ । छोटो पास, उत्कृष्ट बल नियन्त्रण र सन्तुलित प्रदर्शनका कारण सेमिफाइनल पुगेको स्पेनको सामना आज फ्रान्सको घातक आक्रमणसँग हुनेछ । फ्रान्सेली टोलीका कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा रहेको अग्रपंक्ति निकै तीव्र र अप्रत्याशित मानिन्छ । फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक लक्ष्यसहित मैदान उत्रिँदा वर्तमान युरोपियन च्याम्पियन स्पेन भने आफ्नो लयलाई निरन्तरता दिँदै दोस्रो पटक उपाधि नजिक पुग्न चाहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)