मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अग्रता जोगाउन नसक्दा चेल्सीसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

ratopati.com · Sun Jan 04 19:39:42 GMT 2026

काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौँ स्थानको चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अधिकांश समय अग्रता बनाए पनि सिटीले अन्तिम क्षणमा गोल खाँदा जित हात पार्न सकेन ।

घरेलु मैदानमा खेलेको सिटीका लागि तिज्जानी रेइजन्डर्सले ४२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको यही अग्रता सिटीले लामो समयसम्म जोगाएर राखे पनि इन्जुरी समयमा चेल्सीका एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि खेल बराबरीमा टुंगियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)