मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा–पर्सा औद्योगिक क्षेत्र घोषणा गर्न माग

abhiyandaily.com

बारा–पर्सा क्षेत्रका उद्योगी व्यवसायीले सो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरेका छन् । औद्योगिक क्षेत्र घोषणा नगर्नाले उद्योग सञ्चालनमा विभिन्न समस्या आएकाले सोको घोषणा गर्न सरकारसँग आग्रह गरेको व्यवसायीले बताएका छन् । सरकारले आधिकारिक रूपमा यो स्थानलाई औद्योगिक क्षेत्र घोषणा नगरे पनि स्वस्फूर्त रूपमा औद्योगिक करिडोरको रूपमा विकास भएको छ । बारा, पर्सा करिडोरमा मानव बस्ती बढ्न थालेपछि त्यस क्षेत्रका बासिन्दाले पटकपटक करिडोरका उद्योगहरूबाट सृजित हुने वायु, ध्वनि, तथा जलप्रदूषण जस्ता समस्या लिएर गुनासो गर्न आउने र विभिन्न खाले माग तेर्स्याएर समस्या पार्ने काम सुरु गरेकाले उद्योग सञ्चालन गर्न समस्या भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक टेमानीले बताए । ‘सरकार आफ्नो विज्ञप्ति र भाषणहरूमा यो करिडोरलाई औद्योगिक क्षेत्र भनी सम्बोधन गर्छ तर व्यावहारिक रूपमा औद्योगिक क्षेत्रसरहको कुनै पनि सुविधा दिन तयार छैन,’ टेमानीले भने । टेमानीले सरकारले तत्काल यो करिडोरलाई औद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने र त्यसअनुसारको सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

बारा–पर्सा औद्योगिक करिडोरमा तीव्र गतिमा मानव बस्ती बढ्न थालेपछि उद्योगीव्यवसायी चिन्तित भएका छन् । अनियन्त्रित रूपमा बढ्दो बस्तीका कारण उद्योग सञ्चालनमा समस्या आउन थालेको उद्योगी व्यावसायीहरूले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले पटकपटक सरकारसँग सो करिडोरलाई आधिकारिक रूपमा औद्योगिक क्षेत्र घोषणा गर्न माग गर्दै आए पनि सुनुवाइ नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)