संघीय संसदको हिउँदे अधिवेशन : ओलीको चेतावनी, सत्तापक्षको मौनता
reportersnepal.com · Fri Dec 03 16:34:06 GMT 2021
मंसिर १७, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर २८ गतेदेदि संसदको दुवै अधिवेशन आब्हान गरेपछि नेपाली राजनीतिमा विश्राम लिएका केही मुद्दाहरु फेरि सतहमा आएका छन् । पछिल्लो अधिवेशनमा विपक्षी दललाई पेलेरै केही अध्यादेश पारित गरेको सरकारका लागि आगामी अधिवेशन समेत सहज हुने देखिँदैन ।
आफ्नो दल विभाजनको प्रमुख मतियार बनेको आरोपमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्दै अघिल्लो अधिवेशन एकदिन पनि सुचारु हुन दिएको थिएन । एमाले विभाजन हुनु अघि नै आफूले कारवाही गरेको १४ जना सांसदलाई निष्काशन नगरेर सभामुख पार्टी विभाजनको मतियार बनेको आरोप लगाउँदै आएको छ । यो मुद्दा अहिले पनि यथावत् रहेका कारण हिउँदे अधिवेशन समेत अवरुद्ध गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइ सकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)
केपी शर्मा ओली