बिम्स्टेक विदेशमन्त्रीस्तरीय रिट्रिट बैठक, आपसी सहयोग वृद्धिबारे छलफल
gorkhapatraonline.com · Tue Jul 18 06:38:17 GMT 2023
काठमाडौँ, साउन २ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ।
बिम्स्टेकको २४ औँ मन्त्रीस्तरीय बृहत् बैठक आउँदो नोभेम्बरमा थाइल्यान्डमा हुने तय भएको छ। त्यसैको गृहकार्यका लागि यो प्रारम्भिक बैठक हो। मन्त्रीस्तरीय बैठकले बिम्स्टेकको छैटौँ शिखर सम्मेलनको खाका तय गर्नेछ। थाइल्यान्डको राजधानी बैङ्ककमा सोमबार आयोजित बैठकमा बिम्स्टेकका विदेशमन्त्रीबिच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल गर्दै यसका लागि क्षेत्रीय विकासका सम्भावित क्षेत्रमा सहकार्य र साझेदारी बढाउनुपर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)