मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

भूगोलविद् हर्क गुरुङकाे सम्झनामा उद्यान निर्माण गरिँदै, बेलायतबाट सहयाेग

news24nepal.tv · Sun Jan 30 02:23:03 GMT 2022

गाेरखा । भूगोलविद् डा हर्क गुरुङको सम्झनामा उनकाे जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।

समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गर्नुभयो ।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)