गाउँलेको दबाबपछि मात्रै हेलिकोप्टर परिचालन, ६ दिनपछि जीवितै उद्धार गरिएका दावाको स्वास्थ्य कस्तो छ ?
shilapatra.com · Thu Jun 04 07:38:46 GMT 2026

दावा शेर्पा ओखलढुंगाका पर्वतारोहण पथप्रर्दशक हुन् । हिमालयन ट्राभल्स एडभेन्चरसँग आबद्ध थिए । र, त्यही कम्पनीका एक अमेरिकी र एक पोलिस नागरिकसहित पाँच सदस्यीय आरोहण दलमा सहभागी थिए । आरोहणका लागि भने एडभेन्चर कम्पनीले एटके कम्पनीसँग सहकार्य गरेको थियो । तर, आरोहणका क्रममा शेर्पा १५ जेठबाट बेपत्ता भएका थिए ।
सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता भएका शेर्पाको खोजबिनमा गम्भीरता भने देखिएको थिएन । हिजो मात्रै एटके कम्पनीले हेलिकोप्टर पठाएपछि शेर्पालाई जीवित अवस्थामै उद्धार गरिएको छ । शेर्पाका गाउँलेहरू एटके कम्पनीमा डेलिगेशन गएपछि कम्पनीले हेलिकोप्टर पठाएको बताइएको छ । उनी आरोहणको क्रममा कहाँबाट बेपत्ता भएको चाहिँ खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ