दसैँको टीकाले टाढिएको सम्बन्धलाई नजिक ल्याइदिन्छ : ओली
baahrakhari.com · Fri Oct 20 16:23:10 GMT 2023
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको बताएका छन् । पारिवारिक र सामाजिक रूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने उनले बताए ।
बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’को साझा आकांक्षा भएको बताए । उनले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)