मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

११ प्रतिशत मात्रै रोपाइँ

ekantipur.com · Fri Jun 30 00:50:07 GMT 2023

काठमाडौँ — मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो भनेको ११.१४ प्रतिशत हो ।

गत वर्ष १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । असार १० सम्म १७ प्रतिशत अर्थात् २ लाख ४६ हजार १ सय २४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा ७९ हजार ५ सय १ हेक्टर क्षेत्रफलभन्दा कम रोपाइँ भएको छ । ‘यसपालि मनसुन ढिलो सुरु भयो,’ विभागका महानिर्देशक हरिबहादुर केसीले भने, ‘असार अन्तिमसम्म मुलुकभरको रोपाइँ ७० देखि ७५ प्रतिशत पुग्छ ।’ जल तथा मौसम विज्ञान विभागले गत शुक्रबारदेखि नै देशभर मनसुन फैलिएको जनाएको थियो । तर, मनसुन सक्रिय भइसकेको छैन । पानी अभावलगायतका कारण कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको केसीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)