ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन
ekantipur.com · Fri Dec 30 00:46:43 GMT 2022
काठमाडौँ — ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्वर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।
चारपटक विश्वकप खेलेका उनले ६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताए । उनी आफूलाई फुटबलकै लागि जन्मिएको भन्ने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)