पहिचान फेर्दै हरवाचरवा
nepalsamaya.com · Mon Dec 11 23:56:00 GMT 2023
सप्तरी- केही वर्ष अघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन। पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उनी अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दुःखको दिन गएको हो।
गाउँमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो। तर श्रीपुर्राज सामुदायिक विकास केन्द्रसँग ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख विस्तारै हराउन थालेको उनी बताउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)