मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं आसपासमा भारी वर्षा, स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

lokaantar.com · Sun Sep 03 00:59:51 GMT 2023

पछिल्लो तीन घण्टामा काठमाडौं आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । पछिल्लो एकदेखि तीन घण्टामा काठमाडौंस्थित धाप ड्याम वर्षा मापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)