मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयातमा निरन्तर गिरावट : मन्दी कि प्रतिबन्धको असर ?

ekantipur.com · Fri Dec 23 01:21:12 GMT 2022

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २०.७१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको थियो ।

पछिल्ला महिनाहरूमा (खासगरी गत साउन यता) आयात निरन्तर रुपमा दोहोरो अंकले घटी रहेको छ । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै यसअघि सरकार र राष्ट्र बैंकद्वारा आयात नियन्त्रणका लागि गरिएका नीतिगत व्यवस्था, कर्जा प्रवाह कम हुँदा व्यवसायीहरूको आयात क्षमतामा कमी, उपभोक्ताको उपभोग प्रवृत्तिमा कमीलगायत कारण पछिल्ला महिनाहरूमा आयातमा निरन्तर कमी आइरहेको जानकारहरू बताउँछन् । यद्यपि आयात घटिरहनुको अर्थ मुलुकको समग्र मागमा कमी आउनु पनि भएकाले यो अवस्था मन्दीतर्फ जान लागेको संकेत पनि भएको उनीहरूको तर्क छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)