लागुऔषधसहित एकजना पक्राउ
baahrakhari.com · Tue Dec 22 17:53:00 UTC 2020
चितवन । चितवनमा एकजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का सुवास गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न ३ बजे नारायणगढ-मुग्लिन खण्डअन्तर्गत भरतपुर महानगरपालिका १, रामनगरमा ग.१८प ५९०० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले चालक गुरुङले झोलामा लुकाएर ल्याएको र जाँचका क्रममा पक्राउ गरिएको चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)