गौरवमय इतिहास बोकेको विद्यार्थी राजनीति पछिल्लो समय बन्दैछ अराजक जत्था
shilapatra.com · Wed Mar 08 00:36:36 GMT 2023
घटनाः १
१७ फागुन २०७९ मा सबैभन्दा ठूलो शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरू आपसमै झडप गरे । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सम्मुखमा नेविसंघको घरझगडा पनि चुनावकेन्द्रित नै थियो । ५ चैतमा हुने स्ववियु चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठकमा संस्थापन र इतर पक्षबीच झपड भएको हो । झडपमा नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल घाइते भएका थिए । त्यसमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको समूहले आक्रमण गरेको आरोप छ । त्यसो त, त्रिविमा नेविसंघको आपसी झडप याे पहिलो होइन र विवाद पनि नयाँ होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)